चुनावका बेला बोलेको एउटा काम पुरा भएको छ : उपप्रधानमन्त्री खड्का
सोमबार, १४ फागुन २०८०, १४ : ०७

कालिकोट । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका बेला प्रधानमन्त्री र आफू सम्बोधन गर्न आएका बेला बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताएका छन् । सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन गर्दै खड्काले सो कुरा बताएका हुन् ।
उनले कर्णालीको विकासमा राजनीतिक गर्न नहुने समेत बताए । उनले भने, ‘कर्णालीको विकासमा राजनीतिक गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुको प्रमुख सडकहरु बनाउनेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरुमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ।’
उनले १०–१५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने बताउँदै त्यो हिसाबले सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । खड्काले अब प्रत्येक हप्ता कालिकोटबाट सुर्खेत एकपटक जहाज उड्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना