बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने समाजवादी मोर्चाको निर्णय

सोमबार, १४ फागुन २०८०, १५ : ०७
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले चार वटै दलको शीर्ष नेताको उपस्थितिमा अन्तर्क्रिया गर्ने निर्णय गरेको सदस्य देव गुरुङले जानकारी दिए ।

‘बैठकले चैत ३ गते शीर्ष नेताहरूको उपस्थितिमा बृहत् अन्तर्क्रिया गर्ने निर्णय गरेको छ । अन्य केही भएको छैन । बाँकी विषय अन्तर्क्रियापछि गर्नेछौँ’, उनले भने ।

अन्तर्क्रिया कार्यक्रम बौद्धिक वर्ग, नागरिक समाज लगायत सबै पक्षलाई बोलाउने निर्णय भएको उनले जानकारी दिए ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले वामपन्थी शक्तिहरूलाई मोर्चामा आबद्ध गराउन लचिलो बन्ने, देशव्यापी भित्ते लेखन, ब्यानर प्रचार गर्ने, काठमाडौँसहित सातै प्रदेशका मुख्य सहरमा अन्तर्क्रिया कार्यक्रम गर्ने सहमति भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप