बंगलादेशमा जंगली हात्तीलाई अदालतको संरक्षण
सोमबार, १४ फागुन २०८०, ११ : ४४

ढाका । बंगलादेशमा अति संकटापन्न स्थितिमा पुगेको जंगली हात्तीले अदालतबाट संरक्षण पाएको छ । अदालतको आदेशअनुसार एसियाली हात्ती ‘एडप्ट’ गर्न रोक लगाइएको छ भने यिनीहरुको शोषण गर्न समेत पाइने छैन ।
हात्तीसम्बन्धी सबै अनुमति रोक्का गर्ने उच्च अदालतको निर्णयको पशु अधिकारकर्मी समूहहरुले स्वागत गरेका छन् । बंगलादेशमा हात्तीलाई माग्न लगाउने, सर्कस वा सडकमा हुने प्रदर्शनीहरुमा प्रयोग गर्ने गरिएको छ ।
देशभर जम्मा २०० ओटा मात्रै हात्ती बाँकी छन् । यीमध्ये आधा हात्तीले बन्दी जीवन बिताइरहेका छन् । कुनै सयम बंगलादेश एशियाली हात्तीको सबैभन्दा ठूलो घरमध्ये एक थियो । तर अवैध चोरी शिकारी र बासस्थान नास हुँदै जाँदा हात्तीको संख्या चिन्ताजनक स्तरमा ओर्लिएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड