मुकेश अम्बानी रिलायन्स र बहुराष्ट्रिय मनोरञ्जन कम्पनी वाल्ट डिज्नीबीच मर्जर सम्झौता

नयाँ दिल्ली । एसियाका सबैभन्दा धनी व्यक्ति भारतीय खर्बपति व्यापारी मुकेश अम्बानी लामो समयदेखि मनोरञ्जन क्षेत्रमा ‘किंग’ बन्न लागेको चर्चा चलिरहेको थियो । अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज र अमेरिकी बहुराष्ट्रिय मनोरञ्जन कम्पनी वाल्ट डिज्नीले मर्जर सम्झौतामा हस्ताक्षर गरेका छन् । अम्बानीको रिलायन्स इन्डष्ट्रिज लिमिटेड र वाल्ट डिज्नी कम्पनीले भारतमा आफ्नो मिडिया सञ्चालनलाई गाभ्न एक बाध्यकारी सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।
अंग्रेजी पत्रिका ब्लुम्बर्गमा छापिएको समाचारका अनुसार यस मामिलामा परिचितहरूले बताएको भन्दै समाचारमा भनेको छ । सम्झौताका अनुसार मर्जरपछि बन्ने कम्पनीमा रिलायन्स र उसको सहयोगीहरूले कम्तीमा पनि ६१ प्रतिशत शेयर पाउनेछन् । बाँकी शेयर वाल्ट डिज्नीसँग हुने बताइएको छ । यो सम्झौताको आधिकारिक घोषणा भने हुन बाँकी छ । अहिलेसम्म दुबै कम्पनीको तर्फबाट कुनै आधिकारिक घोषणा भएको छैन । यो सम्झौता सफल भयो भने यसबाट बन्ने कम्पनी भारतको सबैभन्दा ठूलो मिडिया कम्पनी हुनेछ ।
सम्झौताअनुसार ६१ प्रतिशत हिस्सेदारीका लागि रिलायन्सले १ अर्ब ५० करोड डलर लगानी गर्ने बताइएको छ । यस अघि वाल स्ट्रिट जर्नलले पनि एउटा समाचारमा वाल्ट डिज्नीले आफ्नो भारतीय व्यवसायलाई भायोकमलाई बेच्न सहमत भएको बताइएको थियो । रिलायन्स वाल्ट डिज्नी सम्झौताबारे यही हप्ता घोषणा हुन सक्ने अनुमान गरिएको छ । रिलायन्सले टाटा प्लेमा पनि स्वामित्वका लागि वार्ता गरिरहेको खबर पनि आएका थिए । यो खबर साँचो साबित भयो भने कुनै भेञ्चरमा टाटा र अम्बानीले सहकार्य गरेको पहिलो पटक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३