बालुवाटारबाट १० जना जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटार स्थित चुनदेवीबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जका डीएसपी अम्मर बहादुर थापा (क्षेत्री) नेतृत्वको टिमले जुवा खालबाट १ लाख ४७ हजार नगद बरामद गरेको छ ।
विनीता गिरीले भाडामा लिएको घरमा सञ्चालित जुवा खालमा छापा मारेर १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । बुढानीलकण्ठ–९ घर भएका प्रेम अर्याल, बुढानीलकण्ठ–३ घर भएका राम लामा, सङ्खुवासभा घर भएका चेतन राई, दोलखा घर भएका दीपक शर्मा र सोलुखुम्बु घर भएका ४० वर्षीय खगेन्द्र लामिछाने छन् ।
त्यस्तै, काठमाडौँको तार्केश्वर घर भएका एकलाल अम्मगाई,म्याग्दी घर भएकी पुनम थापा मगर, सिन्धुपाल्चोक घर भएकी दिपा कार्की र जुवाखाल सञ्चालन गर्ने सुनसरीकी विनीता गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद जेठ ३ गतेदेखि
-
जबरजस्ती करणी मुद्दामा दोषी भई फरार व्यक्ति पक्राउ
-
युक्रेनको दुर्लभ खनिजमा फ्रान्सको पनि 'गिद्देदृष्टि'
-
सहजीकरण गरिदिन कोशीका सांसदहरूलाई गृहमन्त्रीको आग्रह
-
'गगन थापाको माफी बनावटी हो, इमानदार कांग्रेसले जनमोर्चालाई नै भोट हालेका थिए'
-
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा थालियो सफाइ, साधुसन्तको बिदाइ भोलि