शाहिदलाई अफर गरिएको थियो ‘रंग दे बसन्ती’, भने – फिल्म नगरेकोमा पछुतो छ
![शाहिदलाई अफर गरिएको थियो ‘रंग दे बसन्ती’, भने – फिल्म नगरेकोमा पछुतो छ](https://rpcdn.ratopati.com/media/albums/sahid_kappor_JccaRkXT1U.jpg)
मुम्बई । शाहिद कपूरले आफ्नो ४३ औँ जन्मदिन मनाएछन् । यसबिच शाहिदले आफूलाई राकेश ओमप्रकाश मेहराको फिल्म ‘रंग दे बसन्ती’ अफर भएको खुलासा गरेका छन् । तर शाहिदले त्यो फिल्म गर्न सकेनन् । प्रस्ताव अस्वीकार गरेकोमा अभिनेता धेरै पछुताए।
शाहिद बलिउडका सफल अभिनेता मध्येका एक हुन् । शाहिदले आफ्नो करियर ब्याकग्राउन्ड डान्सरबाट सुरु गरेपनि आज उनी ठुलो स्थानमा पुगेका छन् ।
एक अन्तर्वार्ताका क्रममा उनले भने–‘मलाई फिल्म ‘रंग दे बसन्ती’ गर्न नपाएकोमा अफसोस छ । निर्देशकले मलाई फिल्ममा सिद्धार्थको भूमिका निभाओस् भन्ने चाहेका थिए । स्क्रिप्ट पढ्दा म रोएँ र मलाई पनि स्क्रिप्ट धेरै मन पर्यो । तर दुर्भाग्यवश मैले यसको लागि समय पाउन सकिनँ। किनभने म त्यतिबेला २–३ अन्य प्रोजेक्टमा व्यस्त थिएँ । तर, पछि ‘रंग दे बसन्ती’ हेरेपछि मलाई यो फिल्म निकै मन पर्यो ।’
शाहिद हालै फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ मा देखिएका थिए । यो फिल्ममा उनीसँगै कृति सेनन थिइन् । फिल्मको लेखन तथा निर्देशन अमित जोशी र आराधना शाहको जोडीले संयुक्त रूपमा गरेका हुन् । रोबोट र वैज्ञानिकबिचको प्रेममा आधारित यो फिल्मले पनि बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ ।
गत वर्ष, शाहिदले राज र डीकेको क्राइम थ्रिलर शृङ्खला 'फर्जी' मार्फत डिजिटल स्पेसमा प्रवेश गरेका थिए, जुन सबैभन्दा सफल वेब सिरिज मध्ये एक बन्यो। उनी चाँडै नै पूजा हेगडेसँग फिल्म ‘देवा’ मा देखिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम