इजरायली राजदूतावास अगाडि एक व्यक्तिद्वारा आत्मदाह

वासिङ्टन । अमेरिकाको वासिङ्टन डिसी स्थित इजरायली दूतावास अगाडि एक व्यक्तिले आत्मदाह गरेका छन् । यो घटना आइतबार स्थानीय समय अनुसार दिउँसो एक बजे भएको हो ।
अमेरिकी सुरक्षा अधिकारीहरूले आगो निभाउँदै ती व्यक्तिलाई अस्पताल पुर्याएका थिए । सहरको फायर डिपार्टमेन्टले उनको अवस्था नाजुक रहेको बताएको छ । घटनाबारे वासिङ्टनको प्रहरीका साथै गुप्तचर विभागले अनुसन्धान गरिरहेको छ । यता इजरायलको विदेश मन्त्रालयले आत्मदाह गर्ने व्यक्तिलाई दूतावासका कर्मचारीको पहिचानको नभएको विज्ञप्ति प्रकाशित गरेको छ ।
घटनापछि ती व्यक्तिले प्रयोग गरेको गाडीमा सम्भावित विस्फोटक पदार्थ हुनसक्ने आशङ्कामा बम डिस्पोजल टोली पनि पठाइएको थियो । तर, त्यहाँ कुनै त्यस्तो वस्तु फेला परेन । घटनामा दूतावासका कर्मचारी सुरक्षित रहेको त्यहाँका प्रवक्ताले जानकारी दिएकी छन् ।
इजरायली दूतावास अगाडि आत्मदाहको प्रयास भएको यो पहिलो अवसर भने होइन । यसअघि गत डिसेम्बरमा जर्जियाको इजरायली कन्सुलेट अगाडि एक प्रदर्शनकारीले आत्मदाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
-
पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा