कतार र इजिप्टले गाजामा युद्धविरामका लागि इजरायल–हमास वार्ताको आयोजना गर्ने

कायरो । हाल इजरायली घेराबन्दी र बमबारीको चपेटामा रहेको गाजापट्टीमा युद्धविराम गर्ने विषयमा कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी गरेको इजिप्टको अल–काहेरा समाचारले उल्लेख गरेको छ।
‘हालैको पेरिस बैठकमा छलफल भएको कुरालाई निरन्तरता दिँदै दोहा र कायरो छलफल इजिप्ट, कतार, संयुक्त राज्य अमेरिका र इजरायलका विशेषज्ञहरूको सहभागितामा हमास आन्दोलनको एक प्रतिनिधिमण्डल पनि सहभागी हुने,’ अल–काहेरा न्युजले इजिप्टका एक जना अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।
दोहा र कायरोमा भएको वार्ताले प्यालेस्टिनी कैदी र इजरायली बन्धकहरूको आदान प्रदानका साथै गाजामा युद्धविराम गर्ने सहमति निकट पुगेको बताइएको छ। गाजा–शासक हमासले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा घातक आक्रमण गरेपछि इजरायलले गाजामा आक्रमण तीव्र पारेको छ । सो आक्रमणमा करिब १ हजार २०० इजरायलीहरू मारिएका छन् भने २०० जनाभन्दा बढीलाई बन्धक बनाइएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली सेनाले गरेको आक्रमणमा २९ हजार ६९२ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ६९ हजार ८७९ जना घाइते भएका छन् ।
इजिप्ट, कतार र संयुक्त राज्यले अमेरिकाले इजरायल र हमासबिच एकहप्ता लामो युद्धविराम मध्यस्थता गरेको थियो । सो युद्धविराममा प्यालेस्टिनी कैदीहरू र इजरायली बन्धकहरू आदानप्रदानका साथै गाजामा थप मानवीय सहायता वितरण गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा