वैज्ञानिकहरूले फेला पारे २४ करोड वर्ष पुरानो ‘ड्रागन’को जीवाश्म

स्कटल्यान्ड । वैज्ञानिकहरूले पहिलो पटक ड्रागनको पूरा जीवाश्म फेला पारेका छन् । यो जीवाश्म २४ करोड वर्ष अगाडिको हो । चीनमा ट्रियासिक युगको ड्रागनको जीवाश्म भेटिएको नेशनल म्युजियम स्कटल्यान्डले शुक्रबार बताएको छ । यो जीवाश्म करिब पाँच मिटर लामो छ । यो जीवाश्म सन् २००३ मै भेटिएको हो ।
तर कयौँ वर्षसम्म पाँच नयाँ प्रजातिको अध्ययन गरेपछि वैज्ञानिकहरूले पूरै प्राणी के हो भनेर ठम्याउन सके । यो जीवाश्ममा नाकदेखि पुच्छरसम्म ड्रागनको पूरै हिस्सा छ । जीवाश्म अंक आठ (एट) बनाएर बसेको छ । यो हेर्दाखेरि चिनियाँ ड्रागन जस्तै देखिने सङ्ग्रहालयका संरक्षक डा. निक फ्रेजरले बताएका छन् । यो जीवाश्मबारे अध्ययन गरेर स्कटल्यान्ड, जर्मनी र अमेरिकी अनुसन्धाताहरूको एउटा टोलीले फेला परेका तथ्यहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका थिए ।
यो जीवको घाँटीमा ३२ ओटा भर्टिब्रा पाइएको छ । यति लामो घाँटीको सहायताले यो जीवले माछा पनि समात्न सक्थ्यो कि ? तर वैज्ञानिकहरू यति लामो घाँटीको काम ठ्याक्कै के थियो भन्नेमा अलमल छन् । यो जीवाश्मको पेटमा माछा पनि पाइएको थियो । यो जीवले समुद्री सरीसर्प टानिस्ट्रोफेयसको झल्को दिएको वैज्ञानिकहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म