बारामा २ लाख ६४ हजार दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै
![बारामा २ लाख ६४ हजार दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै](https://npcdn.ratopati.com/media/news/kk2_LJkrXpgDp7.jpg)
बारा । राष्ट्रिय खोप अभियान अन्तर्गत आजदेखि बारामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार पहिलो चरण अन्तर्गत जिल्लाको ६ वटा स्थानीय तहमा फाल्गुन १३ गतेदेखि १७ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।
पहिलो चरण अन्तर्गत जीतपुरसिमरा, कलैया, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुरमा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य प्रमुख रामनरेश यादवले जनाएका छन् । बारामा तीन चरणमा खोप अभियान सञ्चालन हुने बताउँदै यादवले झन्डै दुई लाख ६४ हजार बालबालिकालाई खोप लगाउने तयारी भएको बताए । बाराको १६ वटा पालिका मध्ये जीतपुरसिमरामा ३५ हजार बालबालिकालाई आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।
५ दिनसम्म चल्ने अभियानमा उपमहानगरभित्रका एक सय २५ केन्द्रबाट एकसाथ यो खोप लगाइनेछ । खोप लगाउनका लागि उपमहानगरपालिकाको प्रत्येक वडामा ५ वटा खोप केन्द्र सञ्चालन गरेको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रवि भास्करका अनुसार खोप अभियान सञ्चालन गर्नका लागि ५० खोपकर्ता, २५ स्वास्थ्यकर्मी, एक सय ५० स्वयंसेवक खटिनेछन् । उपमहानगरपालिका भित्रका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने गरी अभियान सञ्चालन गरिने भास्करले जानकारी दिए ।
- मधेस प्रदेशमा करिब २० लाख बालबालिकालाई खोप
राष्ट्रिय खोप अभियान अन्तर्गत यसपटक मधेस प्रदेशमा १९ लाख ४७ हजार एक सय ४२ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने जनाइएको छ । मधेस प्रदेशको सर्लाही, महोत्तरी र धनुषा जिल्लामा दादुराका बिरामी बढी देखिएका छन् ।
२०७९ मङ्सिरदेखि २०८० मङ्सिरसम्म सर्लाहीमा ८७, महोत्तरीमा एक सय २३ र धनुषामा ५४ जना दादुराका बिरामी छन् । जसमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिका छन् ।
सरकारले तराईका २१ र उपत्यकाका तीन गरी २४ जिल्लालाई दादुरा–रुबेला सङ्क्रमणको उच्च जोखिममा राखेको छ । जसकारण ९ वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप अनिवार्य लिनका लागि आग्रह गरिएको छ । जोखिम कम भएका अन्य ५३ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतान्याहुको चेतावनी : शनिबारसम्म बन्धक रिहा नगरे पुन: युद्ध सुरु हुन्छ
-
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
-
जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए
-
तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
च्याम्पियन्स ट्रफीअघि अस्ट्रेलियालाई अर्को झट्का, टोलीबाट बाहिरिए मिचेल स्टार्क
-
कोही पनि सुरक्षित नहुने चेतावनी दिएका अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक