नेविसंघ इतर समूहको भेलाको निष्कर्ष : मनोमानीविरुद्ध संघर्ष गर्ने

काठमाडौँ । नेपाली कांग्रेस निकट नेविसंघका इतर पक्षका नेताहरूले संस्थापन समूहले संगठनलाई एकलौटी गर्न खोजेको आरोप लगाएका छन् । आइतबार काठमाडौँको वाल्मीकि क्याम्पसमा भेला भएका डा.शेखर कोइराला र महामन्त्री गगन थापा निकटका नेविसंघका नेताहरूले फरक मतलाई स्थान नदिई मनोमानी ढंगले संगठन चलाएको आरोप लगाए ।
नेविसंघको फाल्गुन १५ गतेलाई तय गरेको केन्द्रीय समिति बैठकपूर्व छलफलका क्रममा भेला भएका केन्द्रीय सदस्यहरूले केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले फरक मतलाई स्थान नदिई गुट चलाएको क्याम्पस र जिल्लाहरूमा मनोमानी तरिकाले नियुक्ति दिएको आरोप लगाए । केन्द्रीय सदस्य सुनिल शर्माका अनुसार भेलामा अध्यक्षको मनोमानीका सवालमा गम्भीर समीक्षा भएको जानकारी दिए ।
संघको ७११ सदस्य केन्द्रीय समिति आएपछि पहिलो पटक आव्हान गरिएको केन्द्रीय बैठकमा कसरी प्रस्तुत हुने वा मनोमानीविरुद्ध बैठक नै बहिष्कार गर्नेसम्मको छलफल भएको केन्द्रीय सदस्य शर्माले बताए । तर कतिपयले बैठकमा सहभागी भएर बलियो उपस्थिति जनाउनुपर्ने धारणा राखेका थिए ।
वाल्मीकि क्याम्पसमा भएको भेलामा केन्द्रीय सदस्यहरू, उपत्यका क्याम्पसका स्ववियु तथा विद्यार्थी नेताहरूको उपस्थिति थियो । छलफलबाट सङ्कलित सुझावका आधारमा केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने केन्द्रीय सदस्य इ.सुवास पौडेलले जानकारी दिए ।
२०७८ फाल्गुनमा दुजाङ शेर्पा नेविसंघको अध्यक्ष नियुक्ति र २०८० साउनमा ७१० केन्द्रीय सदस्य नियुक्ति भएपछि लगभग आठ महिनापछि पहिलो पटक फागुन १५ गतेलाई केन्द्रको पूर्ण बैठक आव्हान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'