जसपाद्वारा महाधिवेशनका लागि विभिन्न समिति गठन, जिम्मेवारी बाँडफाँड
आइतबार, १३ फागुन २०८०, १९ : ३३

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले आसन्न राष्ट्रिय महाधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले अध्यक्ष यादवको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नीति तथा कार्यक्रम मस्यौदा समिति र विजयकुमार यादवको संयोजकत्वमा आर्थिक श्रोत व्यवस्थापन समिति गठन गरेको छ । त्यस्तै पार्टी विधान २०८० को धारा ९७ अनुसारको केन्द्रीय विभागहरू र धारा ९९ अनुसारका पार्टी संयन्त्रहरू गठन, पुनर्गठन, अद्यावधिक र सदस्य सङ्ख्या थप गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?