मिटरब्याज पीडितको आवाज नसुने राप्रपाले संसद् अवरुद्ध पार्ने

काठमाडौँ । सडक आन्दोलनमा रहेका मिटरब्याज पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार मिटरब्याज पीडितहरूलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सरकारले संसद् बस्नु भन्दा अगाडि पीडितहरूको माग सम्बोधनको लागि वार्तामा बोलाउन माग गरे ।
उनले सरकारले मिटरब्याजी पीडितका समस्या समाधान गर्न आलटाल नगर्न आग्रह गरे । उनले राप्रपाले संसद्मा पनि कुरा उठाउने र कुरा नसुने संसद् अवरुद्ध गर्ने चेतावनी दिए । उनले सरकार मिटरब्याजी पीडितको समस्यालाई बाहिर राखेर बस्ने हो भने राप्रपा नेपाल आफैँ सडक आन्दोलनमा आएर साथ दिने बताए ।
उनले जनताको समस्या समाधान गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको भएको जिकिर गरे । उनले मिटरब्याजी समस्यामा सरकार उदासीन भएको भन्दै राप्रपा टुलुटुलु हेरेर बस्न सक्ने बताए । उनले मिटरब्याजी पीडितको मात्रै समस्या नभएर देशको साझा समस्या भएको बताउनु भयो । अध्यक्ष लिङदेनले सरकार आँखा भएर पनि नदेख्ने र कान भएर पनि नसुन्ने अवस्थामा पुगेको दाबी गरे । उहाँले मिटरब्याज पीडितको न्याय मार्च र हिडाइँले मात्रै सरकारको आँखा खुल्ने अवस्था नभएको बताए।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति भनेको आम जनताको सुख दुःखमा साथ दिने भएको बताए । अध्यक्ष लिङ्देनले गरिब जनताको मुक्तिको नारा लगाएर १० वर्ष युद्ध चलाएर सत्तामा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई मिटरब्याजको समस्या समाधान गर्न ढिला नगर्न आग्रह गरे । उनले मिटर ब्याजका समस्या तत्काल समाधान नगरे आफ्नो पार्टीले संसद्मा पनि प्रदर्शन र मिटरब्याजी पीडितसँग सडकमा पनि आन्दोलन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए