न्यायाधीश राजकुमार कोइरालालाई क्लिनचिट, भट्टराईको राजीनामा स्वीकृत

काठमाडौँ । घुस लेनदेनको अडियो प्रकरणमा जोडिएका न्यायाधीश राजकुमार कोइरालाले क्लिनचिट पाएका छन् । आइतबार बसेको परिषद्को बैठकले कोइरालालाई क्लिनचिट दिएको हो ।
सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छाड्ने सम्बन्धमा कानुन व्यवसायी रुद्र पोखरेलसँग घुस लेनदेनसम्बन्धी कुराकानीको अडियो बाहिरिएको थियो । घुस लेनदेनको अडियो बाहिरिएसँगै तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले कोइरालालाई सर्वोच्च अदालत काजमा तानी छानबिन गरेका थिए ।
लामो छानबिनपछि न्यायाधीश कोइरालाको सम्बन्धमा न्यायाधीशको मर्यादा र आचारसंहिता विपरीत कुराकानी भए पनि घुस लेनदेन नभएको भन्दै कोइरालालाई सफाइ दिइएको हो । कोइरालालाई सफाइ दिए पनि सचेत गराउने निर्णय भएको न्याय परिषद्का एक सदस्यले रातोपाटीलाई बताए । उनलाई सचेत गराउँदै काठमाडौँ जिल्ला अदालतबाट महोत्तरी जिल्ला अदालतमा सरुवा गरिएको छ ।
कोइरालाले कानुन व्यवसायी रुद्र पोखरेलसँग गरेको कुराकानीमा तामाङलाई १० करोड धरौटीमा छाड्न र त्यसबापत २ करोड घुस पाइने कुराकानी उल्लेख भएको थियो । यद्यपि न्यायाधीश कोइरालाले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएका थिए । तामाङ थुनामा गएको लामो समयपछि बाहिरिएको अडियो टेपमा घुस लेनदेनसम्बन्धी कुराकानी भएको पाइएको थियो ।
यता १८ महिना लामो जिम्मेवारीविहीन भएपछि धनुषा जिल्ला अदालतका न्यायाधीश डा. परशुराम भट्टराईले दिएको राजीनामा समेत कार्यान्वयनमा गएको छ । भट्टराईले दिएको राजीनामा स्वीकृत भएपछि उनलाई थप केही गरिरहनु नपर्ने निर्णय भएको हो ।
न्याय परिषद्कै बैठकले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश डा. नवराज थपलिया र काठमाडौँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई भने बर्खास्त गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्