इङ्ल्यान्डविरुद्धको चौथो टेस्टमा भारत जिततर्फ अग्रसर
काठमाडौँ । इङ्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली भारत जिततर्फ अग्रसर देखिएको छ । दुई दिनको खेल बाँकी रहँदा भारतलाई दोस्रो पालीमा जितका लागि एक सय ५२ रन आवश्यक देखिएको छ । तेस्रो दिनको खेल सकिँदासम्म भारतले दोस्रो पालीमा कुनै पनि विकेट नगुमाई ४० रन बनाएको छ । भारतका कप्तान रोहित शर्मा अविजित २४ र यशस्वी जैसवाल अविजित १६ रन बनाउँदै क्रिजमा सँघर्षरत छन् ।
त्यसअघि भ्रमणकारी टोली इङ्ल्यान्ड आफ्नो दोस्रो पालीमा केवल एक सय ४५ रन बनाउँदै अलआउट भएको थियो । त्यसपछि भारतले जितका लागि एक सय ९२ रनको लक्ष्य पाएको थियो । दोस्रो पालीमा इङ्ल्यान्डलाई सस्तोमा समेटन भारतका बलर रविचन्द्रन आश्विनले पाँच विकेट लिएका थिए ।
कुलदीप यादबले पनि चार विकेट हात पारेका थिए । रविन्द्र जडेजाले एक विकेट लिएका थिए । इङ्ल्यान्डका लागि दोस्रो पालीमा ओपनर ज्याक क्रावलीले सर्वाधिक ६० र जोनी ब्रेस्टोले ३० रन बनााएका थिए । त्यसअघि भारत आफ्नो पहिलो पालीमा तीन सय सात रन बनाउँदै अलआउट भएको थियो । भारतीय टोली पहिलो पालीमा इङ्ल्यान्डसँग ४६ रनले पछाडि परेको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले भने पहिलो पालीमा तीन सय ५३ रन बनाएको थियो ।
भारतका लागि पहिलो पालीमा विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेलले ९० रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका विकेटकिपर ब्याट्सम्यान जुरेलले एक सय ४९ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काएका थिए । २३ वर्षीय जुरेलले इङ्ल्यान्डविरुद्धको यही शृंखलामार्फत टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका हुन् । केवल दोस्रो टेस्ट खेलिरहेका जुरेलले बनाएको यो पहिलो अर्धशतक पनि हो । यसअघि खेलेको एकमात्र टेस्टमा उनले ४६ रन बनाएका थिए ।
भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले पनि ७३ रनको योगदान गरेका थिए । उनले एक सय १७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । शुभमन गिल ३८ रन बनाउँदै आउट भए भने कुलदीप यादबले २८ रन बटुले ।
भारतले अतिरिक्त रुपमा २३ रन पाएको थियो । इङ्ल्यान्डका बलर सोएब बसिर एक्लैले पाँच विकेट लिए । उनले ४४ ओभरमा आठ मेडन राख्दै एक सय १९ रन खर्चिएका थिए । टम हर्टलीले तीन र जेम्स एन्डर्सनले दुई विकेट लिएका थिए । पाँच टेस्टको शृंखलामा भारत २–१ ले अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता