काठमाडौँ । देशका विभिन्न स्थानबाट पैदल यात्रा गरेर आएका लघुवित्त पीडितहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरू आज सिफलबाट थाल चम्चालगायतका भाँडा ठटाउँदै राष्ट्र बैंक छिर्ने बाटोसम्म पुगेर कोण सभा गरेका हुन् ।
उनीहरू आफ्नो माग पुरा नहुँदा सम्म आन्दोलन जारी राख्ने बताएका छन् । यसैबिच सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया