मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

विमान ल्यान्ड हुने बेलामा लेजर बिमले पाइलटको आँखा तिर्मिराएपछि...

आइतबार, १३ फागुन २०८०, १६ : ३४
आइतबार, १३ फागुन २०८०

बैंगलुरु । बैंगलुरुबाट कोलकत्ता गइरहेको इन्डिगोको एउटा विमान ठुलो दुर्घटनाबाट जोगियो । इन्डिगोको फ्लाइट अवतरण हुनु भन्दा ठिक अघि पाइलटको आँखामा तेजिलो लेजर बिम ठोक्कियो । उज्यालोको कारण केही बेर पाइलटको आँखा तिर्मिरायो । उनले केही देखेनन् । उनी अक्क न बक्क भए ।

विमान कोलकत्ता विमानस्थलमा उत्रिनबाट केही किमी मात्रै पर थियो । विमानभित्र १६५ जना यात्री र ६ जना क्रू मेम्बर थिए । धावनमार्गमा ल्यान्ड हुन विमान तेज गतिमा तलतिर आउँदै गर्दा यो घटना भयो । घटना शुक्रबार साँझको थियो । केही बेरमै पाइलट सम्हालिए अनि कोलकत्ता एटसीलाई यसबारे सूचना दिए । विमान सुरक्षित रूपमा अवतरण भयो ।

लेजर बिमका कारण कुनै ठुलो दुर्घटना हुन पाएन । इन्डिगोले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यो यात्रीको सुरक्षाका लागि खतरनाक भएको कम्पनीको भनाई छ । यो मामिलामा कठोर कदम चाल्न कम्पनीले विधाननगर प्रहरीसँग अनुरोध गरेको छ । विमानस्थल आसपासको क्षेत्रमा यस्तो खालको बिम लाइट प्रतिबन्धित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप