माओवादी बैठकमा प्रचण्डको ओरेन्टेशन, कार्यविभाजन गर्न अझै दुई दिन गृहकार्य
आइतबार, १३ फागुन २०८०, १६ : ११
![माओवादी बैठकमा प्रचण्डको ओरेन्टेशन, कार्यविभाजन गर्न अझै दुई दिन गृहकार्य](https://npcdn.ratopati.com/media/news/maoist-standing-committee-meeting_nzkjtlaTSh.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार पुन: बस्ने गरी सकिएको छ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानबारे ओरेन्टेसन (अभिमुखीकरण) दिएका छन् ।
प्रदेश इन्चार्जसहितका नेताहरूको कार्यविभाजन गर्ने माओवादी तयारी छ । त्यस्तै आगामी चैत १ बाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । ‘प्रदेश इन्चार्ज लगायतका नेताहरूको कार्यविभाजन र चैत १ बाट हुने अभियानलाई प्रभावकारी बनाउनेबारे अध्यक्षले ओरेन्टेसन दिनुभएको छ’, उपाध्यक्ष अग्नि सापकोटाले आइतबारको बैठकपछि भने, ‘अझै गृहकार्य गरेर पुन पर्सी बिहान साढे ८ बजे बैठक बस्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो