बच्चा चोरीमा असंलग्न देखिएपछि मनकुमारीका पति र दिदी रिहा
काठमाडौँ । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट बच्चा चोरीमा संलग्न आरोपमा प्रहरीको नियन्त्रणमा रहेका दुई जना छुटेका छन् । दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहबाहेक उनका पति र दिदी छुटेका हुन् ।
दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौँ काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र शारदा शाहीलाई थुनामुक्त गरिएको काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने–‘चोरीमा संलग्न नदेखिएपछि उनीहरू दुई जनालाई छाडेका छौँ ।’
नरेन्द्र नेपाली सेनामा कार्यरत छन् । २४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेको छ । शारदा चाहिँ आरोपी मनकुमारीकी दिदी हुन् । उनीहरू कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी स्थित एउटै घरमा बस्छन् ।
फागुन ११ मा मनकुमारीले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठको २६ दिने छोरी चोरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सनिशलाई राष्ट्रिय फुटबल खेलाडी सम्मान
-
सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
-
रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’