मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो

काठमाडौँ । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।
गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो ।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् ।
मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि गृह मन्त्रालयमा पटक पटक छलफल भएको थियो । मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुन संशोधन गर्नुका साथै अधिकार सम्पन्न आयोग गठन समेत गठन गरिएको थियो । उक्त आयोगको कार्यकाल सकिएपछि उजुरी फर्छ्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बिचमा छलफल तथा मेलमिलाप समेत गराइएको थियो । सहमति नभएका विषयमा कानुन बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारीले उक्त कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
उक्त व्यवस्थाकाबिच संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद
-
होलीको अपमान गरेको भन्दै फराहविरुद्ध मुद्दा
-
भारत र पाकिस्तानबिचका पाँच रोमाञ्चक म्याच