संसारका १० बेष्ट सेलिङ स्मार्टफोनको शीर्ष ७ मा एप्पल

क्यालिफोनिर्या । संसारमा सबैभन्दा धेरै बिक्ने १० फोनमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको वचश्र्व छ । त्यस्तै सन् २०२३ मा सबैभन्दा धेरै बिक्री भएका १० स्मार्टफोनको विश्वव्यापी सूचीको शीर्ष ७ मा पनि एप्पल नै परेको छ ।
आईफोन १४ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन थियो । विश्वभर कूल बिक्री भएका यो मोडलको फोनमध्ये आधा फोन अमेरिका र चीनमा मात्रै बिक्री भएका थिए । दोस्रो र तेस्रो बढी बिक्ने स्मार्टफोन आइफोन १४ प्रो म्याक्स र आइफोन १४ प्रो थिए ।
शीर्ष १० को सूचीमा रहेको सबैभन्दा पुरानो मोडल आइफोन १३ थियो ।
हार्डवेयर बुढो हुँदै गइरहेको भएपनि गत वर्ष जापान र भारतमा यो फोनको बिक्री वार्षिक दोहोरो अंकले बढ््यो । जसले गर्दा बेष्ट सेलर फोनको सूचीमा चौथो स्थानमा यो फोन रहन सफल भयो । आइफोन १५ प्रो म्याक्स सबैभन्दा धेरै बिक्री हुने पाँचौं स्मार्टफोन बन्यो । आइफोन १५ प्रो र आइफोन १५ भने क्रमशः सूचीको छैठौं र सातौं स्थानमा थिए ।
यो सूचीको पुछारतिरको तीन स्थानमा सामसङको बजेट फोन ग्यालेक्सी ए सिरिजका फोन थिए । ग्यालेक्सी ए १४ ५ जी, ग्यालेक्सी ए ०४ ई र ग्यालेक्सी ए १४ ४ जी थिए । गएको वर्ष विश्वभर बिक्री भएका कूल स्मार्टफोनमा यी १० फोनको अनुपात २० प्रतिशत थियो । यो अनुपात अहिलेसम्मकै धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवपुरीको जंगलमा डढेलो, तस्बिरहरू
-
जनप्रदर्शनलाई अवरोध गर्ने मूर्खतापूर्ण काम नगर्न मोर्चाको चेतावनी
-
ललितपुरको इमाडोलमा शव फेला
-
कांग्रेस स्थानीय तहका प्रमुख/उपप्रमुखको एकै स्वरः शिक्षा विधेयक चालु अधिवेशनबाटै ल्याउनुपर्छ
-
आन्दोलन फिर्ता लिन शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह
-
फेरि बढाइयो सिमेन्टको मूल्य