‘सिटामोल’मा सौगात र बेनिशा श्रीमान्-श्रीमती

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो ‘सिटामोल’ । फिल्ममा सौगात र बेनिशा रोमान्टिक जोडीको रूपमा देखिने छन् ।
निर्माण युनिटले फिल्मको केही तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा सौगात र बेनिशाको रोमान्टिक अवतार झल्किन्छ । फिल्ममा सौगात र बेनिशा श्रीमान्–श्रीमतीको रूपमा देखिने बताइन्छ ।
फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्मको छायाङ्कन २५ दिन सिन्धुलीमा गरिएको छ । फिल्मको अव काठमाडौँका केही दृश्य र गीतको छायाङ्कन बाँकी रहेको निर्देशक सानेले जानकारी दिए ।
आगामी तीजमा रिलिज लक्ष्य राखिएको फिल्ममा सौगात र बेनिशाको अलावा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेन्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्य राज्यलक्ष्मी डिसीको अभिनय छ । तुलसी देवी फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा जनयुद्धको कथा उठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा ३१ अर्बको तरकारी आयात
-
अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान
-
पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने
-
तीनकुने घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
-
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गोली लागेको हातको दाग त्यति दुख्दैन, देशको अवस्था देखेर दुख्छ दिल