न्यूयोर्कमा एक अपार्टमेन्टमा भीषण आगलागी, भारतीय नागरिकको मृत्यु

न्यूयोर्क । न्यूयोर्कको हार्लेममा एउटा अपार्टमेन्टमा भीषण आगलागी भएको छ । आगलागीमा परेर १७ जना घाइते भएका छन् । यस घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक २७ वर्षका फाजिल खान भएको र उनी भारतीय नागरिक भएको न्यूयोर्कस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।
न्यूयोर्कको फायर बिग्रेड विभागका अनुसार हार्लेमको सेन्ट निकोलास प्लेसमा ६ तले २ अपार्टमेन्ट भवनमा लिथियम आइरन ब्याट्रीका कारण भीषण आगो लागेको थियो । अधिकारीहरूका अनुसार यस घटनामा १८ जनाको उद्धार गरिएको थियो । यसबाहेक १२ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको बताइएको छ । यीमध्ये ४ को अवस्था गम्भीर भएको बताइएको छ ।
आगो दन्किन थालेपछि ज्यान जोगाउन मान्छेहरूले भवनबाट हाम फालेका थिए । सन् २०२३ मा न्यूयोर्कमा मात्रै लिथियम–आयन ब्याट्रीका कारण आगलागीका २६७ ओटा घटना भएको न्यूयोर्कको फायर डिपार्टभमेन्टले बताएको छ । यसमा १५० जना घाइते हुँदा १८ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव
-
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
-
प्रि–मनसुनमा कसरी भित्र्याउने हिउँदेबाली ?