किन आए अमेरिकी सेनाका इन्डो-प्यासिफिक कमान्डर ?

काठमाडौँ । अमेरिकी सेनाका एक उच्च अधिकारी नेपाल भ्रमणमा आएका छन् । पाँचखालमा जारी शान्ति प्रयासको चौथो शृङ्खलामा भाग लिने क्रममा अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुख एडमिरल जोन एक्युलिनोल काठमाडौँ आएका नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
भण्डारीका अनुसार पाँचखालमा यही फागुन ८ देखि सुरु भएको शान्ति प्रयासको चौथो चरणको अवलोकनका लागि उनी नेपाल आएका हुन । उनी आइतबार सो कार्यक्रममा सहभागी हुँदैछन् ।
१९ देशका एक हजार १ सय सैनिकको सहभागिता रहेको सो प्रयास यही फागुन २१ गते सम्पन्न हुनेछ । नेपाल र अमेरिकी सेनाको संयुक्त प्रयासमा सो अभ्यास हुँदै आएको छ । अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभ र नेपाली सेनाले शान्ति प्रयास सञ्चालन गर्दै आएका छन् ।
अमेरिकी इन्डो–प्यासिफिक कमान्डका प्रमुखले काठमाडौँमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खडका, प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदस्थहरूसँग भेट गर्ने कार्यक्रम छ । उनी भारतको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना