आईसीसी विश्वकप लिग-२ क्रिकेट
नेपालले चौथो विकेट गुमायो, कप्तान पौडेल आउट
आइतबार, १३ फागुन २०८०, ११ : १४
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भएका हुन् ।
आर्यन दत्तको बलमा उनी क्याच आउट भए । नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ ।