दुई रनमै पेभेलियन फर्किए कुशल मल्ल

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटमा रुपमा कुशल मल्ललाई गुमाएको हो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल दुई रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका हुन् । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका हुन् । १३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट हुँदा नेपालले ५४ रन बनाएको छ ।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए । ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको छ ।
नेपालले दोस्रो विकेटमा रुपमा भने अनिल शाहलाई गुमाएको थियो । तेस्रो नम्बरका क्रिज समाल्न आएका अनिल ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई भिभियन किङ्माले बोल्ड गरेका थिए । ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा नेपालले ५० रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व
-
काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
-
चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी
-
जसपा नेपालनिकट विद्यार्थी युनियनले राजर्षी जनक विश्वविद्यालयमा बुझायो ज्ञापन
-
एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै
-
रास्वपा कार्यालयमा मनाइयो होली