आईसीसी विश्वकप लिग-२ क्रिकेट
सात रन बनाउँदै आउट भए अनिल शाह
आइतबार, १३ फागुन २०८०, १० : २६

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटमा रुपमा अनिल शाहलाई गुमाएको हो । तेस्रो नम्बरका क्रिज समाल्न आएका उनी ११ बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका हुन् । उनलाई भिभियन किङ्माले बोल्ड गरेका हुन् । ११औँ ओभरको अन्तिम बलमा अनिल आउट हुँदा ५० रन बनाएको थियो ।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी १७ रन बनाउँदै आउट भएका थिए ।
विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर भिभियन किङ्माले बास डे लिडद्वारा क्याच गराएका थिए । ८.३ ओभरमा आसिफ शेख आउट हुँदा नेपालले ४२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
-
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
-
समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
-
मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’