वुमन्स प्रिमियर लिग : रोयल च्यालेन्जर्स बैंग्लोरसँग युपी वारियर्स पराजित
काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले युपी वारियर्सलाई २ रनले पराजित गरेको छ । बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको आरसीबी महिला टोलीले २० ओभरमा ६ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
चुनौतीपूर्ण लक्ष्यको जवाफमा युपी वारियर्स २ रनले पराजित भएको हो । बैंग्लोरका लागि शोभना आशा जोयले ५ विकेट लिइन् । उनी डब्ल्यूपीएलमा एक इनिङ्समा ५ विकेट लिने पहिलो भारतीय बलर बनिन् ।
टस हारेर पहिला ब्याटिङमा आएको बैंग्लोरको टोलीको सुरुवात खराब रहेको थियो । ओपनर सोफी डेभिन र कप्तान स्मृति मन्धाना १३ रन बनाएर प्याभिलियन फर्किए भने अनुभवी ब्याट्सम्यान एलिस पेरी पनि ८ रन बनाएर आउट भइन् ।
सेबिनेनी मेघना र ऋचा घोषले चौथो विकेटका लागि ७१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । मेघनाले ४४ बलमा ७ चौका र १ छक्का सहित ५३ रन बनाइन् । अर्को इनबाट ऋचा घोषले पनि आफ्नो दमदार अर्धशतक पूरा गरिन् । ऋचा घोषले ३७ बलमा १२ चौकाको मद्दतले ६२ रन बनाएर आरसीबीले विपक्षीलाई चुनौती पूर्ण १५८ रनको लक्ष्य दिएको थियो । युपीकी राजेश्वरी गायकवाडले २ विकेट लिइन् ।
जवाफमा युपी वारियर्सको सुरुवात पनि खराब रह्यो । कप्तान एलिसा हिलीले ५ रन बनाएर आउट भए पनि वृन्दा दिनेशले १८ रन र ताहिला म्याकग्राले २२ रन जोडिन् । आफ्नो टोलीको लागि प्रारम्भिक झटकाबाट मुक्त भएपछि, वृन्दा र ताहिला एकै ओभरमा आशा जोयको शिकार भए। चौथो विकेटका लागि ग्रेस ह्यारिस र श्वेता शेरावतले युपीलाई खेलमा फर्काए ।
उनीहरूले ७७ रनको उत्कृष्ट साझेदारी गरे तर आशाको एक ओभरमा बैंग्लोरले फेरि खेललाई आफ्नो पक्षमा फर्काएको थियो । आशा जोयले अन्तिम बलमा पहिले श्वेता त्यसपछि ह्यारिस र किरण नवगिरेलाई आउट गर्दै प्रतियोगितामा ५ विकेट लिएर इतिहास रचिन् ।
युपीका लागि पुनम खेमनार र दीप्ती शर्माले उत्कृष्ट प्रयास गरे पनि उनको टोली जितबाट २ रन टाढा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी