नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ५ ओभरमा १९ रन
![नेदरल्यान्ड्सविरुद्ध नेपालले बनायो ५ ओभरमा १९ रन](https://npcdn.ratopati.com/media/news/ashif-sekh_JPngaW7eEl.jpg)
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सको खेलमा नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई १९ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान आसिफ शेख १२ र कुशल भुर्तेल पाँच रन बनाउँदै क्रिजमा छन् । नेपालको रन रेट ३.८० रहेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । जारी शृंखलामा यसअघि नेपालले एकपटक नेदरल्यान्ड्सलाई हराइसकेको छ । जारी शृंखलामा नेपाल र नेदरल्यान्ड्स दुबैले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेका हुन् ।
नामिबियाले भने आफ्नो चार खेल खेलिसकेको छ । चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नामिबियाले यसअघि दुई खेलमा नेपाललाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
यसैगरी हालसम्म तीन खेल खेलेको नेपाली टोली एक जितबाट दुई अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । तीन खेल खेलेको नेदरल्यान्ड्स भने दुई अंकसहित तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले एक खेलमा नामिबियालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
-
पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न
-
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
-
पाँच शीर्षकमा विनियोजित खर्च कटौती गर्न अर्थ मन्त्रालयको परिपत्र
-
श्रीलंकासँग ४९ रनले हार्यो अस्ट्रेलिया
-
‘संघीय निजामती विधेयकलाई संसद्को यही अधिवेशनभित्र टुंग्याउनुपर्छ’