श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो
मुम्बई । बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ । ठुला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृसत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन् । चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन् ।
उनले यो समयावधिमा पद्मश्री, नेशनल अवार्ड, फिल्मफेयर, लाइफटाइम अचिभमेन्टलगायतका कैयौँ सम्मान पाइन् । उनको निधन सन् २०१८ को फेब्रुअरी २४ मा दुबईमा भएको थियो । उनी र पति बोनी कपूर भतिजको विवाहका लागि दुबई पुगेका थिए । निधनको अघिल्लो दिन उनका पति बोनी भारत फर्किए पनि श्रीदेवी भने दुबईमै बसेकी थिइन् । यही बीचमा बोनी अचानक श्रीदेवीलाई सरप्राइज दिन त्यहाँ पुगे । जुन कुराले श्रीदेवी निकै खुसी थिइन् ।
दुवैजना रोमान्टिक डेटमा जाने तयारीमा थिए । जसका लागि तयार हुन श्रीदेवी बाथरुम गइन् । तर उनी त्यहाँबाट फर्किइनन् । १० मिनेटसम्म पनि श्रीदेवी नफर्किएपछि बोनी बाथरुममा हेर्न गए । तर ढोकामा भित्रबाट चुकुल लागेको र कुनै जवाफ नआएपछि उनले ढोका तोडे । उनले श्रीदेवीलाई बाथटबमा बेहोस अवस्थामा भेटे । पानीमा डुबेकी श्रीदेवीको निधन भइसकेको थियो ।
श्रीदेवीसँग जोडिएका धेरै किस्साहरू बलिउडमा अझै चर्चित छन् । फिल्म ‘खुदा गवाह(१९९२)’को सुटिङका लागि अफगानिस्तान पुग्दाको किस्सा झनै रोचक छ । श्रीदेवी और अमिताभ बच्चन यो फिल्म सुटिङ गर्न अफगानिस्तानका कैयौँ हिस्सामा पुगेका थिए । तर त्यो समयमा अफगानिस्तानमा युद्ध भइरहेको थियो । जहीँतहीँ गोलीबारी र मिसाइलको प्रयोग भइरहेका थिए । मानिसहरू घर बाहिर निस्कन डराइरहेका थिए ।
सोभियत संघले अफगानिस्तानलाई आफ्नो कब्जाबाट हटाएपछि देशको जिम्मेवारी नजीबुल्लाहलाई दिएको थियो । उनी त्यहाँको राष्ट्रपति बने । नजीबुल्लाह भारतीय फिल्मका ठुला प्रशंसक थिए । यही बेला अमिताभ र श्रीदेवीको फिल्म सुटिङका लागि उनीहरुले त्यहाँको सरकारसँग अनुमति मागे र अनुमति पनि पाए ।
उनीहरुले अनुमति पाए पनि त्यहाँको अवस्था खराब थियो । जब अमिताभ र श्रीदेवी सुटिङका लागि अफगानिस्तानको बुजकशीस्थित मजार–ए–शरीफ पुगे, राष्ट्रपति नजीबुल्लाहले अफगानिस्तानका आधा सेना अमिताभ र श्रीदेवीको सुरक्षाका लागि प्रयोग गरे ।
फिल्मको सुटिङ हेर्नका लागि अफगानिस्तानका मानिसको भीड जम्मा हुने गर्थ्यो । कैयौँ पटक यस्तो पनि भयो कि श्रीदेवीलाई हेर्नका लागि अफगानिस्तानमा गोली चल्न बन्द हुन्थ्यो र त्यहाँका स्थानीय बिना भय सुटिङ हेर्न घर बाहिर निस्कन्थे ।
जसै सुटिङ सकिन्थ्यो, गोली बारी फेरी सुरु हुन्थ्यो । एकपटक त अफगानिस्तानका मिलिटेट कमाण्डर रकेट फायर गर्न लागेका थिए, तर श्रीदेवीको सुटिङमा समस्या नहोस् भनेर उनले फायरिङ रोकेका थिए ।
यही कारण अफगानिस्तानका मानिसहरू श्रीदेवीलाई शान्तिका प्रतीक मान्छन् । अमिताभ र श्रीदेवी सुटिङ सकेर भारत फर्कन लाग्दा राष्ट्रपति नजीबुल्लाहले दुवैलाई ‘अर्डर अफ अफगानिस्तान’बाट सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले घोषणा गरे ‘कोसेढुंगा’
-
बोर्डर–गावस्कर शृङ्खला : स्टिभन स्मिथ, ९९९९ रन र प्रसिद्ध कृष्णा
-
एमाले केन्द्रीय समिति बैठक सुरु, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
-
बागमती प्रदेश प्रमुख देवकोटालाई दलित आयोगको प्रतिवेदन हस्तान्तरण
-
सिंगापुरमा किन बढ्दैछ नक्कली बिहे ?
-
‘एक्टरः टेक वन’ को ‘के भरोसा गरम’ गीत : दिव्या र आनासँग रोमान्टिक प्रदीप