गोल वर्षा गर्दै बार्सा दोस्रो स्थानमा
आइतबार, १३ फागुन २०८०, ०९ : १०

क्याम्प नाउ । गेटाफेमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा बार्सिलोना ४–० गोलले विजयी बनेको हो ।
पहिलो हाफको २० औँ मिनेटमा राफिनाले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५३ औँ मिनेटमा जोआओ फेलिक्सले क्रिस्टिएन्सनको पासको टोलीको अग्रता दोब्बर बनाए । फ्रांकी डी योङ र फर्मिन लोपेजले एक–एक गोल थप्दै टोलीको जीत सहज बनाए ।
जीतपछि बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको दुरी ५ अङ्कमा झारेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको जिरोनालाई एक अङ्कले उछिनेको छ । तर, दुवै टोलीले एक–एक खेल कम खेलेका छन् ।
रियलले आइतबार सेभियाको आतिथ्य गर्नेछ । टोली आफ्नो अपराजित यात्रालाई ३० खेलसम्म पुर्याउने लक्ष्यमा रहेको छ । जिरोनाले सोमबार रायो भायोकानाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै