इङ्लिस प्रिमियर लिग : सिटीको जित, युनाइटेडको हार

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा फिल फोडेनले २४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ । पराजित भएको बर्नमाउथ भने १४ औँ स्थानमा रहेको छ ।
यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ । युनाइटेड फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए ।
फुलह्यामका लागि काल्भिन बेसेसले गोल गर्दै ६५ औँ मिनेटमा अग्रता दिलाएका थिए । ८९ औँ मिनेटमा युनाइटडका लागि ह्यारी मगुएरले बराबरी गोल फर्काएका थिए । तर, अतिरिक्त समयको सातौं मिनेटमा फुलह्यामका लागि एलेक्स इओबीले गोल गर्दै फुलह्यामलाई २–१ को जित पक्का गराए । फुलह्याम ३२ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ छैटौँ स्थानमा छ ।
यसैगरी आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले बर्नलेलाई ३–० गोल अन्तरले स्तब्ध बनाएको छ ।
एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–० गोल अन्तरले पराजित गर्दा ब्राइटन र एभर्टनले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अलपत्र बन्यो अध्यादेश, एमसीसीका लागि चार विकल्प
-
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु