सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

विप्लव पार्टीको विद्यार्थी संगठनको नाम परिवर्तन, नरेन्द्र सीको नेतृत्वमा नयाँ कमिटी निर्वाचित

शनिबार, १२ फागुन २०८०, १८ : ५०
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनको नाम परिवर्तन भएको छ । अखिल क्रान्तिकारीबाट नाम परिवर्तन भएर अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) अर्थात अखिल (समाजवादी) राखिएको हो ।

काठमाडौँमा ६–९ फागुनमा सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनले संगठनको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । सम्मेलनबाट नरेन्द्र सीको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी र १८१ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ । संगठनको उपाध्यक्षमा ललित सी, महासचिवमा प्रकाश सी, सचिवहरूमा प्रितिमा सी, मदन सी, प्रकाश सी, नतशा सी, कपिल सी, अटल सी र प्रकाश सी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा बबरजंग सी निर्वाचित भएका छन् ।

सम्मेलनले समसामयिक १५ बुँदे प्रस्तावहरू समेत पारित गरेको छ । सम्मेलनले नेकपा महासचिव विप्लवसहितका नेताहरूविरुद्ध जारी पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ । त्यस्तै जेलमा रहेका राजनीतिक आस्थाका बन्दीहरूलाई समेत रिहाइ गर्न माग गरेको छ ।

त्यस्तै सामुदायिक शिक्षाको सुधारका निम्ति निरन्तर संघर्ष गर्ने प्रस्ताव समेत पारित गरेको छ । शिक्षामा राज्यको लगानी बढाउन र विभिन्न बाहनामा सामुदायिक विद्यालयले लिने शुल्क र नीजिले लिने चर्को शुल्क विरुद्ध संघर्ष गर्ने प्रताव समेत पारित गरेको हो । त्यस्तै शिक्षालाई राज्यले अनिवार्य दायित्वका रूपमा लिन समेत माग गरेको छ ।

त्यस्तै नेपाली शिक्षा प्रणालीमा रहेको नवउदारवादी नीति र यसको कारण भइरहेको चरम व्यापारीकरण, निजीकरण र माफियाकरण विरुद्ध संघर्ष गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै विश्वविद्यालय र विभिन्न शिक्षालयहरूमा भइरहेको राजनीतिक भागभण्डाविरुद्ध संघर्ष गर्ने र योग्यताका आधारमा नियुक्त गर्न संघर्ष गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप