बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चौथो टेस्टमा सङ्कटमा भारत

शनिबार, १२ फागुन २०८०, १८ : १४
शनिबार, १२ फागुन २०८०

राँची । भारत र इंग्ल्याण्डबिचको राँचीमा जारी चौथो टेस्ट म्याचको दोस्रो दिन भारतीय टोलीले आफ्नो पहिलो इनिङ्समा सात विकेट गुमाएर २१९ रन बनाएको छ । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जो रुटको शतकको मद्दतले ३५३ रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि पहिलो दिनको खेलमा जो रुटले शतक बनाएका थिए । पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले सात विकेट गुमाएर ३०२ रन बनाएको थियो । दोस्रो दिनको पहिलो १५ ओभरमा इंग्ल्याण्डले बाँकी तीन विकेट गुमाएको थियो । जो रुटले १२२ रन बनाएर अविजित रहे ।

त्यसपछि भारतको इनिङ्सको सुरुवात राम्रो भएन ।  तेस्रो ओभरमा कप्तान रोहित शर्मा मात्र दुई रन बनाएर आउट भए । यशस्वी जैस्वाल र शुभमन गिलले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरे पनि गिल ३८ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि भारतको विकेट नियमित रूपमा खस्न थाल्यो ।

यस क्रममा यशस्वी जैसवालले आफ्नो अर्धशतक पूरा गर्दै ७३ रन बनाएर आउट भए । ८६ रनमा मात्रै एक विकेट गुमाएको भारतीय टोलीले थप ९१ रन बनाउँदा टोलीका छ जना ब्याट्सम्यान प्याभिलियन फर्किएका थिए ।

यसपछि करियरको दोस्रो टेस्ट खेल्दै गरेका ध्रुव जुरेल र कुलदीप यादवले आठौँ विकेटका लागि ४२ रन जोडे । जुरेल ३० रन बनाएर क्रिजमा छन् भने कुलदीप १७ रन बनाएर क्रिजमा छन् ।

दोस्रो दिनको खेल सकिँदासम्म भारतीय टोली पहिलो इनिङ्सको आधारमा इंग्ल्याण्डभन्दा १३४ रनले पछाडि छ । अफब्रेक बलर शोएब बशीरले इंग्ल्याण्डका लागि आफ्नो दोस्रो टेस्ट खेल्दै चार विकेट लिएका छन् भने टम हार्टलीले दुई र जेम्स एन्डरसनले एक विकेट लिएका छन् । पाँच खेलको टेस्ट सिरिजमा भारत २–१ ले अगाडि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप