‘मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्का लागि नेपालका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्यले मुलुकको विकासका लागि सीपमूलक शिक्षा आवश्यक भएको बताएका छन् ।
नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालयको ३१ औँ अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पूर्वराजदूत आचार्यले मुलुकको विकासका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा आवश्यक भएको बताएका हुन् । उनले विज्ञान, गणित र अङ्ग्रेजी विषयलाई देशका शैक्षिक प्रतिष्ठानले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिका–२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सहीरुपमा उपयोग गर्न व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । गुणस्तरीय शिक्षाका लागि काठमाडौँ महानगरपालिका सहयोग गर्ने उनले बताए ।
त्यस अवसरमा वरिष्ठ कलाकार पशुपति शर्माले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोले रोहित पौडेल नेतृत्वको नेपाल निलोलाई हरायो
-
खोपको दुवै डोज एउटै हातमा लगाए प्रभावकारिता बढ्न सक्छ : अध्ययन
-
केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदन, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त
-
अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु : सर्वोच्च अदालत
-
सर्वोच्चले भन्यो– पत्र कार्यान्वयन नगर्नू, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू (पत्रसहित)