कार्टुन्ज क्रुको सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि आउने
काठमाडौँ । चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो ।
सार्वजनिक पाँच पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ । यसअघि रुचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एण्ड आई’पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’सँगको सहकार्यमा यो सिरिज ल्याउन लागेको हो ।
यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ । सरोज अधिकारी र सागर खनाल निर्माता हुन् । कार्यकारी निर्मातामा विजय अधिकारी ( बन्नी ) छन् ।
सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईँ, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याल लगायत कलाकार छन् । गायक प्रताप दासको केमियो भूमिका हुनेछ ।
संकल भुजेलको छायाङ्कन र सागर खनालको सम्पादन रहने छ । एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ । सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन् । एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ ।सिरिजमा कुल १० एपिसोड हुनेछ । ‘हामीले पहिले लभस्टोरी बनाउँथ्यौ । यसपटक भने त्यो जनरा छाडेर कमेडी र एड्भेन्चरतिर लागेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल