उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै
![उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै](https://npcdn.ratopati.com/media/news/child-vaccine-khop-dadura_h9OqGIDnAK.jpg)
गाईघाट । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जिल्लाका आठ पालिकामा दुईचरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ ।
पहिलो चरणमा फागुन १३ गतेदेखि १८ गतेसम्म जिल्लाको त्रियुगा नगरपालिका,बेलका नगरपालिका,चौदण्डीगढी नगरपालिका र रौतामाई तथा लिम्चुङबुङ गाउँपालिकासहित पाँच पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । दोस्रो चरणमा फागुन २२ गतेदेखि २६ गतेसम्म जिल्लाको दुई पालिा कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा खोप अभियान सम्पन्न हुने तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।
खोप सञ्चालन गर्न जिल्लाका आठ पालिकामा चार सय ६४ खोप केन्द्र स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए । खोप कार्यक्रम सञ्चालन गर्न चार सय ६४ जना स्वास्थ्यकर्मी र नौ सय २८ स्वयंसेवक परिचालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा
-
जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए
-
तोलामा २७०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
च्याम्पियन्स ट्रफीअघि अस्ट्रेलियालाई अर्को झट्का, टोलीबाट बाहिरिए मिचेल स्टार्क
-
कोही पनि सुरक्षित नहुने चेतावनी दिएका अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक
-
सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा सांसद अन्सारीको रिट दर्ता