प्राप्त उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्छ: महामन्त्री थापा
![प्राप्त उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्छ: महामन्त्री थापा](https://npcdn.ratopati.com/media/news/gagan-thapa_uBmKjIS1kQ.jpg)
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताए ।
उनले सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए । महामन्त्री थापाले राजनीतिक दलहरू एक अर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए । उनले सबै राजनीतिक दल र नेताहरूले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए ।
महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दै गर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन टेनिस प्रतियोगिताको उपाधि सुनिरा थापालाई
-
भारतको केआईआईटीबाट १ सयभन्दा धेरै विद्यार्थी नेपाल फर्किए
-
आफ्नो देशको क्रिकेट बोर्डभन्दा धनी छन् न्युजिल्यान्डका यी खेलाडी !
-
२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?
-
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
-
प्रकृति लम्साल मृत्यु प्रकरणमा सभामुखले समय नदिएकोमा जनार्दन शर्माको असन्तुष्टि