आउँदो निर्वाचनमा एकमत भएर गए कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा एकमत भएर गए काँग्रेसलाई कसैले पराजित गर्न नसक्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कोइरालाले नेपाली काँग्रेसलाई अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टीको रूपमा अघि बढाउन आवश्यक रहेको बताए । उनले आउँदो निर्वाचनमा पार्टी उत्साह र उमङ्गका साथ अघि बढ्ने दाबी गरे ।
उनले भने, ‘नेपाली काँग्रेस सर्वश्रेष्ठ पार्टीको रूपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । उमङ्ग र उत्साहका साथ जानुपर्छ, भविष्य हाम्रो हो । काँग्रेस पार्टीको भविष्य हो । काँग्रेस एक ढिक्का भयो भने काँग्रेसलाई कसैले पराजित गर्न सक्दैन । हामी छौँ । एकसाथ जान्छौँ । हामी कसरी अघि बढ्ने त्यो नै हाम्रो ध्येय हो । नेपाली काँग्रेसले आउँदो निर्वाचनमा एकमत भएर अघि बढौँ । हामीलाई कसैले हराउन सक्दैन ।’
नेता कोइरालाले महाधिवेशन सकिएको अवसरमा काठमाडौँमा आज चियापान समारोह राखेका थिए । सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरु भयो ढोरपाटनमा सिकार याम
-
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्दै
-
विश्वभरका गैरआवासीय नेपालीले एकताबद्ध एनआरएनए चाहेका छन्ः कुँवर
-
‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो : प्रकाश सपूत
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै