नेतृ सुनिता साह आजपा प्रवेश
शनिबार, १२ फागुन २०८०, १० : ५०

काठमाडाैँ । पश्चगामी र यथास्थितिवादी शक्तिहरूले मुलुकलाई अहिलेको दुर्दशापूर्ण अवस्थामा पुर्याएको भन्दै तत्कालीन फोरम नेपालका संस्थापक नेत्री तथा तराई मधेस महिला फाउन्डेसन नेपालका अध्यक्ष सुनिता कुमारी साहसहितका अभियन्ताहरू आम जनता पार्टी प्रवेश गरेका छन् ।
वर्तमान सङ्कटबाट देशलाई निकास दिन अग्रगामी शक्तिको मूल धाराको रूपमा आम जनता पार्टी नै एक मात्र ठोस विकल्प रहेको भन्दै साहसहित रिसर्चर तथा समाजसेवी वसन्त कुमार पूर्वे, महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायतका प्रभावशाली व्यक्तित्वहरू आजपा प्रवेश गरेका हुन् ।
उनीहरूलाई पार्टी अध्यक्ष प्रभु साहले खादा मालासहित पार्टीमा स्वागत गरेका थिए । साथै नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने