अमेरिकाद्वारा हुथी विद्रोहीको क्षेप्यास्त्र नष्ट
वासिङ्टन डीसी । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाले सातवटा मोबाइल एन्टी-शिप मिसाइलहरू नष्ट गरेको दाबी गरेको हो ।
गाजामा द्वन्द्व सुरु भएदेखि यमनका हुथी विद्रोहीहरूले इजरायल र उसका सहयोगीहरूका जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। हुथी विद्रोहीको आक्रमण रोक्न अमेरिकाले यमनमा कैयौँ हवाई आक्रमण गरेको छ ।
अमेरिकाको सेन्ट्रल कमाण्डले नष्ट भएका मिसाइलहरू लाल सागरमा यात्रा गर्ने जहाजका लागि खतरा भएको र जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएको छ ।
बिहीबार हुथी विद्रोहीहरूले बेलायतसँग सम्बन्धित तेल बोकेको कार्गो जहाजलाई निशाना बनाएका थिए । आक्रमणपछि यस जहाजबाट तेल चुहिरहेको छ। यो तेल फैलिएपछि समुन्द्रमा ३० किलोमिटर लामो तेलको तह बनेको छ । केही दिनयता लाल सागरमा हुथी विद्रोहीले अमेरिकी युद्धपोतलाई निशाना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा श्रीलंकाको लज्जास्पद हार
-
झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी
-
सैफका छोरा इब्राहिमको डेब्यु फिल्मको पोस्टर सार्वजनिक
-
‘प्रगतिवादी गीतिनाटककै वर्चस्व छ’
-
‘एक्टर: टेक वान’ का कलाकारको हल हलमा दर्शकसँग सेल्फी
-
संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्था माथिकै हमला : महासचिव गुरुङ