पीएसएलमा पेशावर जाल्मीको पहिलो जित

काठमाडौँ । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल)मा पेशावर जाल्मीले पहिलो जित दर्ता गरेको छ । लगातार दुई खेलमा पराजित भएको पेशावरले शुक्रबार राति भएको खेलमा मुल्तान सुल्तानलाई ५ रनले पराजित गरेको हो ।
मुल्तानको भने पहिलो हार हो । मुल्तानले खेलेका चार मध्य ३ खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ । शुक्रबार राति पेशावरले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर १७९ रन बनाएको थियो । पेशावरका लागि हसिबुल्लाह खानले सर्वाधिक ३७ रन बनाउँदा कप्तान बाबर आजमले ३१ रन जोडेका थिए ।
यसैगरी रोभमन पावेलले २३ रन जोड्दा मोहम्मद हेरिसले १९ रन बनाए । त्यस्तै, पौल वाल्टरले १६ रन र लुक वुडले १७ रनको नटआउट पारि खेले । मुल्तानका डेभिड वेली, मोहमम्द अली र उस्मा मिरले समान दुई-दुई विकेट लिए ।
जवाफी लक्ष्यसहित मैदान उत्रिएको मुल्तान २० ओभरमा सबै विकेट गुमाएर १७४ रनमा रोकिन पुग्यो । मुल्तानका लागि डेभिड मलानले ५२ रनको आक्रामक पारि खेलेका थिए भने यासिर खानले ४३ रन बनाए । रेजा हेन्ड्रिकले २८ रन जोड्दा इफ्तिकर अहमदले १६ रन बनाए ।
पेशावरका लागि आरिफ याकुवले तीन तथा लुकी वुड, नभिन उल हक र सल्मान इस्रिदले समान दुई-दुई विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन