यस्तो छ दयाहाङ अभिनित ‘डिग्री माइला’को पहिलो गीत ‘सुस्त सुस्त’

काठमाडौंँ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रहेको गीतमा संगीतकार योगी र बिज्ञानी पराजुलीले स्वर दिएका छन् । युमी बलामीको कोरियोग्राफी रहेको गीतमा निर्देशक रेनेशा वान्तवा राईको कोरियोग्राफी निर्देशन छ ।
बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा बनेको हो । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।
‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको फिल्म नयाँ वर्षमा रिलिज हुनेछ । नेमिश श्रेष्ठको सम्पादन रहेको फिल्म शिवराम श्रेष्ठ तथा राइली एस शिनले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली