जग्गाको बिषयमा कुटपिट हुँदा एक जनाको ज्यान गयो
शुक्रबार, ११ फागुन २०८०, २२ : ०८

रौतहट । रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जग्गाको बिषयलाई लिएर भएको विवाद चर्किदै गएपछि भएको हात हालहालमा दुर्गा भगवती २ भलोहियाका ४० वर्षीय जयप्रकाश दासको मृत्यु भएको हो ।
दुर्गा भगवती २ भलोहिया (हाल पिपरा सिमाना) मा बस्दै आएका ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतोबिच शुक्रवार दिउँसो २ बजे हात हालाहाल हुँदा दास भुइँमा लडेका थिए । लडेर अचेत भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको समेत रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा