प्रसूति गृहबाट ‘सहयोग’ को बहानामा महिलाले चोरेकी थिइन् बालिका
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिकाको खोजी तीव्र पारिएको छ । २६ दिनकी बालिका चोरीमा संलग्न आरोपीको हुलिया थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
चोरीमा संलग्न आरोपीको खोजीमा जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपीको नेतृत्वमा टिम परिचालन गरिएको छ । काभ्रेको चौर देउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा अपरिचित महिलाले चोरेर भागेकी हुन् । ‘सहयोग’ को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् ।
अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरिन् । सीसीटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिन्छ । आरोपीले पहेँलो ब्याग बोकेकी छन् । चोरीमा संलग्न आरोपीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
-
रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक