बिहेअघि दाँतको सर्जरी गर्न गएका २८ वर्षीय युवकको मृत्यु

नयाँ दिल्ली । हैदराबादको एफएमएस इन्टरनेशनल डेन्टल क्लिनिकमा डेन्टर प्रोसिजरका लागि गएका एक युवकको मृत्यु भएको छ । मृतक २८ वर्षका व्यवसायी लक्ष्मी नारायण विन्जाम भएको बताइएको छ । बिहेको ठिक अघि दाँतको शल्यक्रिया गर्न उनी उक्त डेन्टल क्लिनिकमा गएका थिए । मृतकका परिवारका अनुसार १६ फेब्रुअरीमा लक्ष्मी नारायण एक्लै ‘स्माइल डिजाइनिङ’ प्रोसिजरका लागि दुबली हिल्सको रोड नम्बर–३७ मा रहेको एफएमएस इन्टरनेशनल क्लिनिकमा गएका थिए ।
साँझसम्म पनि छोरा घरमा नआएपछि लक्ष्मीका पिताले डेन्टल क्लिनकमा फोन गरे । फोनमा प्रोसिजर चलिरहँदा उनी बेहोस भएको भन्ने जवाफ आयो । कर्मचारीले लक्ष्मीलाई नजिकै रहेको अस्पताल लगिएको र त्यहाँ पुगेपछि उनको मृत्यु भइसकेको घोषणा गरिएको बताए ।
प्रोसिजरको बेलामा एनेस्थेसिया दिएपछि लक्ष्मी बेहोस भएको र मृत्युको कारण ओभरडोज भएको जुब्ली हिल्स प्रहरीमा दर्ता गरिएको उजुरीमा मृतकका परिवारले आरोप लगाएको छ । डेन्टल क्लिनिकको लापरवाहीका कारण मृत्यु भएको भन्दै प्रहरीले आईपीसीको धारा ३०४ ए अन्तर्गत डेन्टल क्लिनिकमाथि ऊजुरी दर्ता गराएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते