इन्जिनियरिङ स्टाफ कलेज स्थापना हुनुपर्छ : केसी

काठमाडौँ । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकमा इन्जिनियरको विषयले पनि प्रवेश पाएको छ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट बैठकमा प्रतिनिधित्व गर्ने महासमिति सदस्य प्रकाश केसीले इन्जिनियरको तर्फबाट धारणा राखे ।
जसअनुसार उनले इन्जिनियरहरको क्षमता अभिवृद्धिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने माग राखेका छन् ।
यस्तै निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टहरूको न्यूनतम पारिश्रमिकमा एकरूपता कायम गर्न माग गरेका छन् । त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै योजना आयोग, अर्थ मन्त्रालय जस्ता महत्त्वपूर्ण निकायहरूमा अनिवार्य रूपमा इन्जिनियरकै नेतृत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने पनि उनको धारणा छ ।
यस्तै स्थानीय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने, पार्टीका निकायहरूमा २० प्रतिशत पेसागत क्षेत्रबाट वैधानिक व्यवस्था गर्नुपर्नेलगायतका प्रस्ताव पनि उनले राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने