समाचार
थापाथलीबाट बच्चा चोरी भएको सूचना प्रहरीमा
शुक्रबार, ११ फागुन २०८०, १६ : ४४
काठमाडौं । काठमाडौंको थापाथलीबाट ‘बच्चा चोरी’ भएको सूचना पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । एकजना महिलाले बच्चा चोरेर लगेको सूचना प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
थापाथलीस्थित अस्थायी प्रहरी बिटमा गएर सुराकले प्रहरीलाई खबर गरेका हुन् । बच्चा कहाँबाट कसले लगेको भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । एसपी अधिकारी भन्छन्– ‘विस्तृत विवरण आउन बाँकी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
-
संविधानमा आदिवासी जनजातिका हक सुनिश्चित : सभामुख
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु