कांग्रेस महासमिति बैठकमा बोल्नेको संख्या ६३१ मात्र

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा २५ प्रतिशत महासमिति सदस्यले मात्र आफ्नो धारणा राख्न पाएका छन् । फागुन ७-१० मा चलेको महासमिति बैठकमा २३७३ जना महासमिति सदस्य हरेकोमा ६३१ जनाले मात्र आफ्नो धारणा राखेका हुन् ।
उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री शर्माको समसामयिक राजनीति, प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतको आर्थिक र लेखा समिति संयोजकको लेखा प्रतिवेदनमाथि कांग्रेसले महासमिति बैठकमा करिब ६० प्रतिशत महासमिति सदस्यको रायसुझाव लिने दाबी गरेको थियो । कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वशर्माले २५ प्रतिशतले महासमिति सदस्यले मात्र सुझाव दिएको दिएको बताए ।
कांग्रेसले महासमिति सदस्यलाई समूहगत छलफलका लागि चार समूहमा विभाजन गरेको थियो । कोशी-सुदूरपश्चिम समूहबाट १६१, मधेस-कर्णालीबाट ११८, बागमती-गण्डकीबाट १८८ र लुम्बिनी, भातृ तथा शुभेच्छुक संस्था, नेपाली जनसम्पर्क समितिबाट १३३ जनाले धारणा राखो थिए । (बैठकमा बोल्नेको संख्या ६३१ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । –सम्पादक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’