मधानी महोत्सवको तयारी तीव्र, बलिउड कलाकार गोविन्दा समेत सहभागी हुने
![मधानी महोत्सवको तयारी तीव्र, बलिउड कलाकार गोविन्दा समेत सहभागी हुने](https://npcdn.ratopati.com/media/news/270e7ca7-67ca-4419-bcb9-e6e442b75da3_AuH60P2GUH.jpg)
रौतहट । रौतहटको परौता पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने संकल्प सहित ‘मधानी महोत्सव २०८०’ आयोजना गरिएको छ । फागुन २२ देखि २६ गतेसम्म महोत्सव आयोजना हुन लागेको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
मौलापुर ५ पतौरामा अवस्थित हजारौँ वर्ष पुरानो पुरातात्त्विक महादेव मन्दिर एक विरासतपूर्ण सम्पदा भएको उनले बताइन् । मन्त्रोच्चारण बिना स्थानीय आदिवासी थारुको नेतृत्वमा रहेको कमरधुवा (बोलबम) समुहद्वारा गरिने मौलिक यज्ञ वैदिककाल पूर्वको मानिने साहको भनाइ छ ।
भगवान शिवको बरात यात्राबाट सुरु भई जल, जमिन र बसहाको पूजन सहित शुभारम्भ हुने यज्ञमा शिव विवाह लिला समेत प्रदर्शन गरिने उनको भनाइ छ । जसअनुसार मधानी महोत्सव नै गर्न लागिएको भन्दै साहले फतेपुरको नाच फाल्गुन २२ र २३ गते, मधानी यज्ञ तथा शिवको बरात २३ गते, भारतको शिव लिला प्रदर्शन, फाल्गुन २३ र २४ गते, मधानी सांस्कृतिक समारोह फाल्गुन २५ गते र अन्तर्राष्ट्रिय दंगल प्रतियोगिता फाल्गुन २६ गते हुने तय भएको जानकारी दिइन् ।
महोत्सवको तयारी तीव्र रूपमा भइरहेको र बलिउडका चर्चित कलाकार गोविन्दाका साथै नेपाली कलाकारहरू पल शाहसहितका दर्जनौँ कलाकार सहभागी हुने निश्चित भइसकेको आजपाका अध्यक्ष प्रभु साहले जानकारी दिए । शुक्रवारको प्रतिनिधिसभा बैठकमा उनले सो महोत्सवका लागि आवश्यक सहयोग गर्न सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
-
मलोर्का र ओसासुनाले अंक बाँडे
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल